बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बजेट तथा कार्यक्रम कार्यान्वयनमा सघन अडिटको तयारी

शुक्रबार, फागुन २३ २०८१
बजेट तथा कार्यक्रम कार्यान्वयनमा सघन अडिटको तयारी

आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्नका लागि वित्तीय व्यवस्थापन कानूनसम्मत हुनुपर्ने भएपनि त्ययसमा वेथिति बढ्दै गएको छ।

काठमाडौं- देशमा व्याप्त कुशासनको मुख्य जड बजेट तथा कार्यक्रमदेखि नै सुरू हुने र पछिल्लो समय यो झन तीव्र हुँदै गएको छ।

सार्वजनिक स्रोतको परिचालन तथा आम्दानीको प्रवृत्तिको वार्षिक रुपमा अडिट गर्ने संवैधानिक अंग महालेखाले परीक्षकको कार्यालयले प्रकाशन गर्ने प्रतिवेदनले पनि यही पुष्टि गर्दै आएको छ।

रित पुर्‍याउनुपर्ने खर्च पनि वर्षौँसम्म थाँती राख्ने र त्यसलाई बढाउँदै जाने प्रवृत्ति बढ्दै गएको छ। यसको सुरुवात बजेट तथा नीति तथा कार्यक्रमबाटै हुने गरेको महालेखा परीक्षक तोयम रायले बताएका छन्। 

सरकारले संसदबाट पारित गराएको नीति तथा कार्यक्रम र बजेट भनेका राष्ट्रिय प्रतिबद्वता हुन्। यी अनिवार्य दायित्व पनि हुन्। तर बर्सेनि त्यसको उल्लंघन हुँदै गर्दा सयमस्या फैलिँदै गएको उनको भनाइ छ। 

‘नीति तथा कार्यक्रममा आएको कुरा बजेटमा आउँदैन, बजेटमा आएको कुरा पनि जसरी आएको हो त्यसरी कार्यान्वयन हुँदैन। यो भनेको जुन हुँदैन त्यो नुहँदाको नोक्सानी र अन्याय हुन्छ। यो बेथितिले अन्य विकृति पनि जन्माउँदै गएको छ’ उनले भने। 

कुल बेरुजुमा सैद्धान्तिक बेरुजु ७० प्रतिशत माथि रहेको छ। यस्ता खालका सैद्धान्तिक बेरुजुले समाजमा सुशासन र न्याय संकुचित बनाउँदै जाने उनको भनाइ छ। 

महालेखा परीक्षकको कार्यालयले अहिलेसम्म बजेटको कार्यान्वयन तथा त्यसमा भएको उल्लंघनको विषय उठाउँदै आएको छ। तर आगामी दिनमा बजेट तथा कार्यक्रमको अडिट गर्ने तयारी गरेको छ। आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्नका लागि वित्तीय व्यवस्थापन कानूनसम्मत हुनुपर्ने भएपनि त्ययसमा बेथिति बढ्दै गएको छ। 

बजेटको कार्यान्वयन र खर्चको विवेकमाथि प्रश्न उठाउँदै यसमाथि सघन अडिटलाई अझ परिष्कृत गर्दै लैजानुपर्ने रायको भनाइ छ। 


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend