सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बुद्ध एयरको जहाजले नोज ह्विलबिनै गर्‍यो सुरक्षित अवतरण

बिहीबार , फागुन २२ २०८१
बुद्ध एयरको जहाजले नोज ह्विलबिनै गर्‍यो सुरक्षित अवतरण

काठमाडौं- जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज एउटा नोज ह्विलबिनै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ। जहाजमा सवार सबै यात्रु झारेपछि मात्रै एउटा नोज ह्विल नभएको फेला परेको थियो।

ह्विल जनकपुरकै रनवेका झरेको फेला परेसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउन्डेड गर्दै अनुसन्धान थालेको प्राधिकरण प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

'ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन,' उनले भने, 'काठमाडौं अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल नभेटेपछि जनकपुरमै छुटेको रिपोर्ट आएको हो।'


प्रकाशित : बिहीबार , फागुन २२ २०८११९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend