शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

यती एयरलाइन्सको सेयर खरिदमा एसियन लाइफका अध्यक्ष र ठूला लगानीकर्ताको बदमासी

संस्थागत डिलको आडमा एसियन लाइफका सञ्चालकहरूले आफन्तको नाममा लिए सेयर

images
बुधबार, फागुन २१ २०८१
images
यती एयरलाइन्सको सेयर खरिदमा एसियन लाइफका अध्यक्ष र ठूला लगानीकर्ताको बदमासी

सर्वसाधारणका लागि यती एयरलाइन्सको आईपीओ जारी गर्ने तयारी हुँदै गर्दा संस्थागत डिलको आडमा व्यक्तिगत लाभ लिने काम भएको छ।

images
images

काठमाडौं- यती एयरलाइन्स लिमिटेडको सेयर खरिदमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा प्रभावशाली लगानीकर्ताले व्यक्तिगत लाभ लिएको खुलेको छ। सेयर खरिदको संस्थागत डिलमा व्यक्तिगत लाभ लिएको पाइएको हो। 

images
images
images

स्थापनाको लामो समय पारिवारिक एकल स्वामित्व (यती समूह) मा रहेपनि बढ्दो आर्थिक संकटलाई सामना गर्न भन्दै यतीका संस्थापक सोनाम शेर्पाले एसियन लाइफसँग सेयर खरिद बिक्रीका लागि सम्झौता गरेका थिए। एयरलाइन्सको सेयर एसियन लाइफले किन्ने र त्यसका लागि बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणबाट पनि स्वीकृति लिइएको थियो। 

images
images

दुई संस्थाबीचको यो कारोबार डिलमा एसियन लाइफका सञ्चालक तथा प्रभावशाली लगानीकर्ताले पनि लाभ लिएका छन्। अर्थात् उनीहरूले सहुलियत दरमा सेयर किनेको पाइएको छ। संस्थागत डिलमा घुसेर व्यक्तिगत लाभ लिएको प्रष्ट देखिएको छ। 

images
images

सर्वसाधारणको ४९ प्रतिशत सेयरमात्र होइन दर्जनौँ अन्य प्रबर्द्धकको सेयर स्वामित्व भएको एसियन लाइफको सञ्चालक समिति तथा व्यवस्थापनमा भएको लाभ लिँदै उनीहरूले व्यक्तिगत लाभस्वरुप आफ्नो कम्पनी तथा आफन्तका नाममा सेयर हस्तान्तरण गराएको पाइएको छ। 

यती समूहको फ्रन्टियरका रुपमा रहेका स्वर्गीय आङछिरिङ शेर्पाको २०७५ सालमा निधन भएपछि यतीको व्यवस्थापनमा समस्या सिर्जना भएको थियो। त्यसलगत्तैको कोभिड महामारीले यतीमा थप आर्थिक संकट भयो। यही संकटबाट उठ्नका लागि आङछिरिङका दाइ लाक्पा सोनाम शेर्पाले सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाए। त्यसका लागि कम्पनीलाई प्राइभेटबाट पब्लिक पनि बनाए। त्योसँगै लगानीकर्ताको खोजीमा उनी हिँडे। यसैक्रममा एसियन लाइफ भेटियो। 

एसियन लाइफले १ सय ७० रुपैयाँ प्रकित्ताको दरमा यतीको सेयर खरिद गर्नका लागि बीमा प्राधिकरणबाट अनुमति पायो। तर सेयर खरिद बिक्री १२४ रुपैयाँ ८२ पैसामा भएको छ। 

तत्कालीन समयमा ४९ प्रतिशत सेयर खरिद गरिएको भनेर जानकारी गराइएको थियो। तर २०८० को माघमा कम्पनी रजिष्ट्रारको कार्यालयको विवरणमा भएको अभिलेखअनुसार कम्पनीले ४६.८२ प्रतिशत अर्थात् १ करोड २५ लाख कित्ता सेयर खरिद गरेको देखिन्छ। कम्पनीको कुल सेयर भने २ करोड ६६ लाख ९८ हजार ५ सय कित्ता रहेको छ। 

यो संस्थागत कारोबार डिल थियो। सर्वसाधारणको समेत लगानी रहेको र अन्य दर्जनौँ प्रबर्द्धक रहेको कम्पनीको सञ्चालकको हैसियतमा डिलमा बसेका बोर्ड अध्यक्ष दीपककुमार श्रेष्ठ तथा उनीनिकट केही सञ्चालकहरूले समेत ३ प्रतिशत सेयर लिएका थिए।

एसियन लाइफका अध्यक्ष दीपककुमार श्रेष्ठ र अर्का प्रबर्द्धक राजेशलाल श्रेष्ठका परिवारका सदस्य सञ्चालक रहेको ग्रो क्यापिटलले पनि ७ लाख ९९ हजार १ सय कित्ता सेयर लिएको छ। राजेशलाल श्रेष्ठ एसियन लाइफको तेस्रो ठूला लगानी कर्ता हुन। उनको एसिएनमा ४.४१ प्रतिशत सेयर छ।

यो कम्पनीमा राजेशलाल श्रेष्ठकी श्रीमती राजेश्वरी श्रेष्ठ रहेकी छिन्। उनको नाममा उक्त कम्पनीमा ५० प्रतिशत सेयर रहेको छ।

यसैगरी कम्पनीको अर्को सेयरधनीमा एसियन लाइफका बोर्ड अध्यक्ष दीपककुमार श्रेष्ठका छोरा डेविन श्रेष्ठ रहेका छन्। उनको नाममा कम्पनीमा ५० प्रतिशत सेयर रहेको छ। कम्पनीको कुल चुक्ता पुँजी ११ करोड ७७ लाख ९४ हजार ८ सय रुपैयाँ रहेको छ। यो कम्पनीको सेयर लगत प्रमाणित पछिल्लो पटक २०८० को चैत ४ गते अपडेट गरिएको छ। यो कम्पनीमा यतीको सेयर हस्तान्तरण भने २०८० को माघ २५ गते भएको थियो। यतीको सेयर हस्तान्तरण भएको करिब ४० दिनपछि ग्रो क्यापिटलको सेयर लगत अपडेट भएको छ।

यतिमात्र होइन सञ्चालकका आफन्त तथा नातेदारका नाममा पनि 'टोकन सेयर' जस्तो देखिनेगरी हस्तान्तरण भएको छ। यतीका प्रमुख कार्यकारी अधिकृत रहेका सुवास सापकोटाकी श्रीमती अलिशा घिमिरेको नाममा पनि एक सय कित्ता सेयर हस्तान्तरण भएको छ। यसबाहेक राजेशलाल श्रेष्ठकै छोरी रेष्मा श्रेष्ठको नाममा पनि २०८० को माघ २५ गते १० कित्ता सेयर यती एयरलाइन्स लिमिडेटबाट हस्तान्तरण भएको छ। 

यसैगरी २०८० को माघ २५ गते नै हेटौँडाका निषेश श्रेष्ठ, वीरगञ्जका सुशान्त हाडा, काठमाडौं चन्द्रागिरीका परिना प्रधान, हेटौँडाका प्रसिद्ध बैद्य, जनकपुरका सजल मास्के, जनकपुरकै आँचल मास्के र काठमाडौं बुढानीलकण्ठका कृष्णप्रसाद ओझाको नाममा पनि प्रतिव्यक्ति एक सय कित्ता सेयर जारी भएको छ।

सजल मास्के एसियन लाइफको पूर्वसञ्चालकसमेत हुन्। उनका बुबा विष्णुहरि मास्के हुन। यसैगरी कागजात हेर्दा आँचल मास्केको बुबाको नाममा पनि विष्णुहरि मास्केकै नाम रहेको छ। यसबाहेक पनि अन्य सेयरधनीहरू एसियन लाइफसँग जोडिएका परिवारका सदस्यहरू नै रहेका छन्।

सार्वनजिक कम्पनीको खरिद डिलमा बसेर आफ्नो व्यक्तिगत लाभ लिएको विषयमा अरु प्रबर्द्धक तथा सेयरधनीलाई पनि गुमराहमा राखिएको छ। 

एसियन लाइफको बोर्ड अध्यक्ष नै 'ग्रो क्यापिटल'को प्रतिनिधि बनेर यतीको सञ्चालक समितिमा

यती एयरलाइन्सका बोर्ड अध्यक्ष दीपक कुमार श्रेष्ठ हुन्। श्रेष्ठकै नेतृत्वमा यतीको सेयर खरिदका लागि प्लट तयार भएको थियो। उनकै अध्यक्षतामा बसकेको सञ्चालक समितिले सेयर खरिदको सबै निर्णय गरेको थियो।

त्यसरी ४९ प्रतिशत सर्वसाधरणको सेयर भएको एसियन लाइफको लगानीमा यतीको सेयर खरिद गर्ने निर्णय गर्ने नेतृत्व तथा केही ठूला लगानीकर्ताका एकाघर परिवारको सदस्यसको नाममा रहेको कम्पनीबाट पनि यतीको सेयर किन्ने काम भएको छ। यसमा सरासर अवैध काम भएको बुझिन्छ।

यतीमा एसियन लाइफले सेयर खरिद गर्दा अस्वभाविक मूल्य तय गर्ने र त्यहीँबाट आउने कमिसन रकम प्रयोग गरेर ग्रो क्यापिटलको नाममा सेयर खरिद भएको छ। पूर्वसञ्चालक, कर्मचारी र लगानीकर्ताका परिवारका सदस्यको नाममा खरिद भएको सेयर र भुक्तानीमा समेत स्वार्थ जोडिएको छ।

एसियन लाइफको तर्फबाट यतीको सञ्चालकमा सीईओ दिनेशलाल श्रेष्ठलाई पठाइएको छ भने एसियन लाइफको बोर्ड अध्यक्ष ग्रो क्याटिलको प्रतिनिधि बनेर यतीको सञ्चालक भएका छन्। किनकि ग्रो क्यापिटलमा एसियन लाइफका बोर्ड अध्यक्षका छोरा डेविन श्रेष्ठको ५० प्रतिशत सेयर रहेको छ। यसबाट के पुष्टि हुन्छ भने एसियन लाइफको तर्फबाट यतीको सेयरमा बढी रकम दिइएको र त्यसबापतको कमिसनको रकम व्यवस्थापन भने विभिन्न व्यक्तिको नाममा तथा ग्रो क्यापिटको नाममा सेयर खरिद गरेर भएको छ। 

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ। यस कम्पनीको सञ्चित नाफा करिब ३५ करोड ३५ लाख रुपैयाँ छ। एसियन लाइन इन्स्योरेन्स कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक सेयरधनीहरूको रहेको छ भने ४९ प्रतिशत सेयर सर्वसाधारणको छ।

सर्वसाधारणका लागि यती एयरलाइन्सको आईपीओ जारी गर्ने तयारी हुँदै गर्दा संस्थागत डिलको आडमा व्यक्तिगत लाभ लिने काम भएको छ।


प्रकाशित : बुधबार, फागुन २१ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend