सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अझै पश्चिमी वायुको प्रभाव, बुधबार रातिबाट मौसम थप प्रभावित हुने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
अझै पश्चिमी वायुको प्रभाव, बुधबार रातिबाट मौसम थप प्रभावित हुने 

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव चार र अधिकतम १७ डिग्री सेल्सियस रहेको छ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातिमा पनि प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। रासस


प्रकाशित : मंगलबार, माघ १८ २०७८०५:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend