शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

दाङको टरिगाउँसहित तीन विमानस्थलको जग्गा अधिग्रहण गर्न २१ करोड विनियोजन

images
सोमबार, फागुन १९ २०८१
images
दाङको टरिगाउँसहित तीन विमानस्थलको जग्गा अधिग्रहण गर्न २१ करोड विनियोजन

तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग ७५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ। माओवादीका लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ धावन मार्ग कालोपत्रे गर्नका लागि बजेट आएको थियो।

images
images

काठमाडौं- दाङको टरिगाउँ विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण गर्नका लागि एक करोड बजेट विनियोजन भएको छ। विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हो।

images
images
images

फागुन १५ गते मन्त्रीस्तरिय निर्णयअनुसार जग्गा अधिग्रहणका लागि अरु थप ९९ करोड रकम सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई पत्राचार  गरेको छ। टरिगाउँ विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै ५ अर्ब लाग्ने स्टिमेट गरिएको थियो। तर, पछिल्लो समय १ अर्ब रकम भए पुग्ने अनुमान गरिएको छ।

images
images

तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग ७५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ। माओवादीका लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ धावन मार्ग कालोपत्रे गर्नका लागि बजेट आएको थियो।

images
images

७५० मिटर धावन मार्ग मात्रै कालोपत्रे गरिएको हुँदा यहाँ साना विमान मात्रै अवतरण गर्न सक्छन्। गत वर्ष मात्रै एक करोड खर्चेरे नयाँ टावर निर्माण गरिएको थियो। त्यसको अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्यांकर ल्याइएको थियो।

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आएको छ। लुम्बिनी प्रदेशको राजधानी दाङको यो मात्रै एउटा विमानस्थल हो। तर यहाँ एटीआर विमान अवतरण गर्न नसक्ने हुँदा नेपालगनञ्ज वा भैरहवा अवतरण गरी मात्रै दाङ आउनु पर्ने बाध्यता छ।

पछिल्लो समय माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि तुलसीपुर आउँदा टरिगाँउ एरपोर्टको विस्तार तथा तुलसीपुर-घोराही सडक खण्ड चार लेन बनाउने कुरा प्रमुख रुपमा उठाएका थिए।

‍वर्षौंदेखि हरेक चुनावमा उम्मेदवारहरुले आफ्नो प्रमुख चुनावी नारामा टरिगाँउ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यसअनुरुप काम भने हुन सकेको छैन।दाङको विमानस्थलसहित जुम्ला विमानस्थलका लागि १० करोड बजेट विनियोजन भएको छ भने थप ४० करोड स्रोत सुनिश्चिताको माग गरिएको छ।

त्यस्तै सुर्खेत विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड विनियोजन भएको छ भने थप ४ अर्ब ९० करोड बजेट सुनिश्चिताको माग भएको छ। रासस


प्रकाशित : सोमबार, फागुन १९ २०८१०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend