सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ग्राउन्डेड भएको ४५ दिनपछि निगमको 'नाइन एन एकेडब्लू' न्यारोबडी उडानमा फर्कियो

आइतबार, फागुन १८ २०८१
ग्राउन्डेड भएको ४५ दिनपछि निगमको 'नाइन एन एकेडब्लू' न्यारोबडी उडानमा फर्कियो

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित उच्च व्यवस्थापनको लापरबाहीका कारण गएको माघ ४ गतेदेखि ग्राउन्डेड न्यारोबडी 'नाइन एन एकेडब्लू' जहाज नियमित उडानमा फर्किएको छ।

न्यारोबडी 'नाइन एन एकेडब्लू' ४५ दिन ग्राउन्डेड भएपछि उडानमा फर्किएको हो। जहाज ४५ दिन ग्राउन्डेड हुँदा निगमले आधा अर्ब आम्दानीसमेत गुमाएको छ। 

सी-चेकका लागि कम्पनी छनोटमा भएको लापरबाहीका कारण जहाज ग्राउन्डेड भएको थियो। जहाजको सी-चेकका लागि कम्पनी छनोट समयमा नै भएको भए जहाज १५ दिनभन्दा बढी समय ग्राउन्डेड हुने थिएन। तर कमिसनको चक्कममा बारम्बार प्रक्रिया रद्द गर्दै टेन्डर गर्ने गर्दा कम्पनी छनोटमा ढिलाइ भएको थियो। 

समय नै जहाज सी-चेकका लागि कम्पनी छनोट नहुँदा जहाज ४५ दिन ग्राउन्डेड भएको हो। कम्पनी छनोटपछि पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिबेगर अगाडि बढ्दा एक साताभन्दा बढी समय जहाज ग्राउन्डेड भएको थियो। जहाज १० दिनमा सी-चेक सम्पन्न गरी नेपाल ल्याउने गरी फेब्रुअरी २ मा चाइना साउर्थनको कारखाना पठाउने गरी सांघाई विमानस्थल पठाइएको थियो।  

प्रक्रिया पूरा नगरी पठाएको भन्दै विमानस्थलले फेब्रुअरी ८ सम्म विमानस्थलमै जहाज रोकेको थियो। जसमा जरिवानामात्रै ४५ हजार डलरबराबरी गरिएको थियो। जहाज ८ तारिख सी-चेकका लागि कारखाना गएको थियो। कम्पनीले जहाज २८ तारिखमा नै मर्मतको काम सम्पन्न गरेको थियो।

सोहीअनुसार २१ तारिखमा जहाज नेपाल ल्याउने भन्दै चालक दलका सदस्य चीन पुगेका थिए। तर निमगको लापरबाहीका कारण जहाज अन्तत: १ मार्चमा मात्रै काठमाडौं आइपुगेको थियो।


प्रकाशित : आइतबार, फागुन १८ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend