सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हिमालय एयरलाइन्सले चैत १८ गतेदेखि पोखरा-ल्हासा सिधा उडान गर्ने, टिकट बुकिङ खुला

शनिबार, फागुन १७ २०८१
हिमालय एयरलाइन्सले चैत १८ गतेदेखि पोखरा-ल्हासा सिधा उडान गर्ने,  टिकट बुकिङ खुला

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले आउँदो मार्च ३१ अर्थात् चैत १८ गते देखि पोखरालाई ल्हासासँग जोड्नेगरी उडान गर्न लागेको हो।

काठमाडौं- अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले आउँदो मार्च ३१ अर्थात् चैत १८ गतेदेखि पोखरालाई ल्हासासँग जोड्नेगरी उडान गर्न लागेको हो। जसका लागि टिकट बुकिङसमेत खुला गरेको छ।

ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरुको मिति घोषणा गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएपनि चार्टर उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। हिमालयको उडान नै पोखरा विमानस्थलमा पहिलो नियमित व्यावसायिक उडान गर्न लागेको हो। 

हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ। सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ। मंगलबार पोखराबाट ल्हासा उडान गर्ने छ।  एयरलाइन्सले सार्वजनिक गरेको सूचना अनुसार ३१ मार्च सोमबार ल्हासाबाट पोखरा दिउसो १२:४५ मा अवतरण गर्ने छ। मंगलबार बिहान ८:२० मा ल्हासा तर्फ उड्ने छ। 

himalyan airlines .jpg


प्रकाशित : शनिबार, फागुन १७ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend