सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्याटेलाइटको विस्तृत अध्ययन गर्न चार कम्पनीको प्रस्ताव 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
स्याटेलाइटको विस्तृत अध्ययन गर्न चार कम्पनीको प्रस्ताव 

प्राधिकरणका सूचना अधिकारी अनुसार यसअघि नै सर्टलिस्टमा परेका चार कम्पनीले प्रस्ताव पेस गरेका छन्। 

काठमाडौं- नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्‍नका लागि आवश्यक अध्ययन तथा सिफारिसका लागि परामर्श सेवा दिनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणले आव्हान गरेको विश्वव्यापी टेन्डरको अन्तिम मिति आजसम्म छानिएका चार कम्पनीले प्रस्ताव पेस गरेका छन्। 

प्राधिकरणका सूचना अधिकारी अनुसार यसअघि नै सर्टलिस्टमा परेका चार कम्पनीले प्रस्ताव पेस गरेका छन्। 

फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकमले टेन्डरमा प्रस्ताव पेस गरेका हुन्। 

यसअघि सर्टलिस्टमा परेका यी कम्पनीलाई आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको थियो। यी कम्पनी सबैले प्रस्ताव बुझाएका छन्। पहिले प्राविधिक प्रस्ताव खोलिने छ। त्यसको मूल्यांकनबाट सक्षम देखिएका कम्पनीहरुको आर्थिक प्रस्ताव खोलिने छ। 

यो टेन्डरबाट छनौट भएका कम्पनीले नेपालको स्याटेलाइट राख्ने सम्भाव्यता, व्यवसायिक सम्भाव्यता, सञ्चालन मोडालिटीका बारेमा अध्ययन गर्नेछन्। अध्ययनपछि स्याटेलाइटका लागि टेन्डर दस्तावेज पनि यही कम्पनीले बनाउने छ। 


प्रकाशित : सोमबार, माघ १७ २०७८१२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend