सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल एयरलाइन्सका तीन जहाज ग्राउन्डेड

बुधबार, फागुन १४ २०८१
नेपाल एयरलाइन्सका तीन जहाज ग्राउन्डेड

२ वटा न्यारोवडी र एक वाइडबडी जहाज ग्राउन्डेड भएको हो।

काठमाडौं- अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज भएको नेपाल एयरलाइन्सका तीनवटा जहाज ग्राउन्डेड भएका छन्। 

उडानका लागि तालिका प्रकाशन भएर टिकट समेत बिक्री गरिसकेको एयरलाइन्सका तीनवटा जहाज ग्राउन्डेड भएका छन्। चीन र नेपालमै जहाज उड्नका लागि अयोग्य भएका छन। वाइडबडी जहाज काठमाडौं रोकिएको छ। त्यस्तै सीचेकका लागि चीन गएको जहाज पनि अझै बएको छैन।

त्यस्तै ल्याण्डिङ गियरमा आएको खराबीले एउटा जहाज  काठमाडौंमै ग्राउन्डेड छ। 

व्यवस्थापनको लापरबाहीका कारण तीनवटै जहाज एकसाथ ग्रान्डेड हुने अवस्था आएको अधिकारीहरूले बताएका छन्।  चीनमा सीचेकका लागि गएको जहाज नआउनुको कारण भुक्तानीको समस्या रहेको थियो। तर फेरि अहिले कस्टम क्लिरेन्सका कारण जहाज रोकिएको हो।

 


प्रकाशित : बुधबार, फागुन १४ २०८११८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend