सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

आइतबार, फागुन ११ २०८१
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो।

गुल्मी- रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ। विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो।   साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन्।

'एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो। जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ', उनले भने, 'फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन', प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए।

रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास-काठमाडौं उडान भरेको थियो। विसं २०७९ बैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन्।

उक्त उडानमध्ये तम्घास-काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं-तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ। जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ। विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन्। रासस


प्रकाशित : आइतबार, फागुन ११ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend