सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पोखरामा फेवा महोत्सवको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
पोखरामा फेवा महोत्सवको तयारी

ड्यामसाइडदेखि गैराको चौतारासम्मको क्षेत्रमा सडकमै महोत्सव आयोजना हुनेछ। विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय कक्ष र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन्।

गण्डकी- पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ।

होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ बैशाख १ गतेसम्म पोखराको लेकसाइडमा उक्त महोत्सव आयोजना गर्न लागेको हो। 

महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको बताए।

नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको उल्लेख गर्दै उनले यसले स्वदेशी एवं विदेशी पर्यटलाई पोखरामा आकर्षित गर्न तथा फेवा तालको संरक्षणमासमेत मद्दत पुग्ने बताए।

अध्यक्ष सुवेदीका अनुसार ड्यामसाइडदेखि गैराको चौतारासम्मको क्षेत्रमा  सडकमै महोत्सव आयोजना हुनेछ। विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय कक्ष र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन्। महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने संघले जनाएको छ। 

निकट भविष्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटसमेत अन्य मुलुकलाई जोड्ने गरी उडानको तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आशावादी भएको बताए। रासस 


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend