सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कालोसूचीबाट नहटाएपछि युरोपकेन्द्रित उड्डयन व्यवसाय नियन्त्रणको नीतिमा प्राधिकरण, एयरबसको हेलिकोप्टर आयातमा लगायो प्रतिबन्ध

बिहीबार , फागुन ८ २०८१
कालोसूचीबाट नहटाएपछि युरोपकेन्द्रित उड्डयन व्यवसाय नियन्त्रणको नीतिमा प्राधिकरण, एयरबसको हेलिकोप्टर आयातमा लगायो प्रतिबन्ध

नेपालमा एयरबसका हेलिकोप्टर धेरै संख्यामा भए पनि दुर्घटना उच्च हुँदा सेफ्टीका लागि प्राविधिक सहायता नगरेकोलगायतका कारण देखाउँदै प्राधिकरणले एयरबसका हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको हो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकोप्टर आयातका लागि अनुमति नदिने निर्णय गरेको छ। अधिकांश कम्पनीले एयरबसकै हेलिकोप्टर उडाइरहेको अवस्थामा अब थप आयातका लागि अनुमति माग गर्दा आयात अनुमति नदिने भएको छ। 

प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकोप्टर आयातमा तत्कालका लागि प्रतिबन्ध लगाएको हो। माउन्टेन एयरलाई हेलिकोप्टर ल्याउनका लागि अनुमति नदिने निर्णय प्राधिकरणले गरेको छ। 

नेपालमा एयरबसका हेलिकोप्टर धेरै संख्यामा भए पनि दुर्घटना उच्च हुँदा सेफ्टीका लागि प्राविधिक सहायता नगरेकोलगायतका कारण देखाउँदै प्राधिकरणले एयरबसका हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको हो।

नेपालको उड्डयनमा एयरबसको बर्चस्व नै रहेको छ। आन्तरिक नियमित उडानबाहेक अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स र हेलिकोप्टर कम्पनीले एयरबसकै जहाज खरिद गर्दै आएका छन्। युरोपियन कम्पनीमै निर्भर भएर उड्डयन सेवा चलिरहेको भएपनि नेपालको उड्डयनलाई कालोसूचीमा यथावत राख्दै आएको छ। 

युरोपियन युनियनले नेपालको उड्डयनलाई विगत एक दशकदेखि कालोसूचीमा राख्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदासमेत ईयूले हटाउन मानेको छैन। यही कारणले पनि प्राधिकरणले एयरबसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको कतिपय अधिकारीहरूको भनाइ छ। 

नेपालमा हेलिकप्टको दुर्घटना धेरै भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पहिलोपटक नेपाललाई कालोसूचीमा राखेको थियो। तर पछि नेपालको अवस्थामा सुधार भएको भन्दै हटाएको थियो। तर नेपालमा युरोपियन कम्पनीकै हेलिप्टर धेरै उड्ने र उनीहरुकै दुर्घटना धेरै हुँदा सुधारका लागि प्राविधिक रुपमा विस्तृत अध्ययन समेत नगरेको आरोप एयरबसमाथि छ। 

युरोपकै कम्पनीका जहाज धेरै उड्ने त्यसकै दुर्घटना धेरे हुने उल्टै नेपालमाथि कालोसूची थोपरिरहने भएपछि प्राधिकरणले प्रतित्तरमा युरोपियन उड्डयन व्यवसायलाई नै रोक लगाउने निर्णय गरेको छ। 

अमेरिकन कम्पनी बेलका हेलिकोप्टर खरिद तथा आयात गर्न भने कुनै रोकतोक छैन। नेपालमा सिम्रिक एयरले बेलका हेलिकोप्टर सञ्चालन गर्दै आएको छ। प्राधिकरणको यो निर्णयसँगै बेलका हेलिकोप्टर आयात बढ्ने विश्वास गरिएको छ। 

यस्तै प्राधिकरणले युरोपियन कम्पनीका जहाज मर्मत सेवालाई रोक लगाउने निर्णय गरेको छ। नेपालमा एमआरओ सेवाका लागि प्राधिकरणबाट अनुमति लिएका युरोपियन कम्पनीको अनुमति एकैपटक खारेज भएको छ।

साथै प्राधिकरणले ३ हजार हर्सपावर क्षमताभन्दा कमका जहाजको समेत अध्ययन गरिरहेको र ३ हजार हर्सपावर क्षमताभन्दा कम इन्जिन भएका जहाज आयातमा समेत विस्तारै प्रतिबन्ध लगाउनेगरी अध्ययन थालेको छ।

नेपालमा हेलिकोप्टरको दुर्घटना धेरै भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पहिलोपटक नेपाललाई कालोसूचीमा राखेको थियो। तर पछि नेपालको अवस्थामा सुधार भएको भन्दै हटाएको थियो। नेपालमा युरोपियन कम्पनीकै हेलिकोप्टर धेरै उड्ने र उनीहरुकै दुर्घटना धेरै हुँदा सुधारका लागि प्राविधिक रुपमा विस्तृत अध्ययनसमेत नगरेको आरोप एयरबसमाथि छ। 

युरोपकै कम्पनीका जहाज धेरै उड्ने र त्यसकै दुर्घटना धेरै हुनेहुँदा उल्टै नेपालमाथि कालोसूची थोपरिरहने भएपछि प्राधिकरणले प्रतिउत्तरमा युरोपियन उड्डयन व्यवसायलाई नै रोक लगाउने निर्णय गरेको छ। 


प्रकाशित : बिहीबार , फागुन ८ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend