सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

बुधबार, फागुन ७ २०८१
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए।

सङ्खुवासभा- हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ। आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो।

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो। विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।

तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ। बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए। उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो।

तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँचसय मिटर मात्रै भिजिबिलिटी थियो। तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन। रासस


प्रकाशित : बुधबार, फागुन ७ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend