सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल ब्याजदर आवश्यक : नेपाल चेम्बर

आइतबार, माघ १६ २०७८
दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल ब्याजदर आवश्यक : नेपाल चेम्बर

पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भईरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । 

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल ब्याजदर कायम गरेर लगानी योग्य वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। 

ब्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको चेम्बर अफ कमर्सको ठहर छ।

पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भईरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । 

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा अघि राष्ट्र  बैंकलाई सात बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल व्याजदर कायम गर्र्नुपर्ने बताएको हो। आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदरको व्यवस्था गर्न ढिलाई गर्न नहुने चेम्बरको माग छ। 

गर्भनर महाप्रसाद अधिकारीलाई भर्चुअल रुपमा सुझाव दिने क्रममा अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल व्याजदर कायम गरिनुपर्ने बताए।

बैंकहरुले आधार दरमै गरेको वृद्धि घटाउने पहल गर्न पनि चेम्बरले राष्ट्र बैंकसँग आग्रह गरेको छ। कोभिडको महामारीले प्रभावित अर्थतन्त्रको पुर्नउत्थानका लागि बैंकहरुले आधारदरमा एक्कासी गरेको ३ देखि ४ प्रतिशतको वृद्धिले ब्यवसायीहरुलाई समस्यामा पारेको चेम्बरको ठहर छ।

रेमिट्यान्स घट्दो आप्रवाहसँगै उपभोग र अनौपचारिक अर्थतन्त्रमा बढी खर्च भईरहेको सन्दर्भमा उक्त रकमलाई बै‌किङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न पूर्वाधार विकास र जलविद्युत विकास एवं कुल ग्राहस्त उत्पादन जीडीपीमा टेवा पुग्ने क्षेत्रमा कम्तिमा ५ देखि १० प्रतिशत लगानी गर्ने वतावरण वनाउन आवश्यक रहेकोमा पनि चेम्बरले जोड दिएको छ। 

रेमिट्यान्समा १ प्रतिशत व्याज थप गर्ने राष्ट्र बैंकको नीतिको चेम्बरले स्वागत पनि गरेको छ। यसले रेमिट्यानको आप्रवाह थप बढ्ने चेम्बरले उल्लेख गरेको छ।


प्रकाशित : आइतबार, माघ १६ २०७८१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend