सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

क्रिप्टो करेन्सी कारोबारी दिनेश खड्कासँग २५ लाख रूपैयाँ धरौटी माग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
क्रिप्टो करेन्सी कारोबारी दिनेश खड्कासँग २५ लाख रूपैयाँ धरौटी माग

काठमाडौं- अवैध डलर कारोबारमा मुछिएका दिनेश खड्कासँग काठमाडौं जिल्ला अदालतले आइतबार थुनछेकको आदेश गर्दै २५ लाख रुपैयाँ धरौटी मागेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

उनीमाथि करिब ३७ करोड नेपाली रुपैयाँ बराबरको अवैध डलर कारोबार गरेको आरोप थियो। केही दिन अगाडि विभागले खड्कासहित उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। विभागले दिनेशलाई मात्र पक्राउ गरि बुझाएको थियो।

उनी क्रिप्टो करेन्सीमा संलग्न रहेको आशंका विभागले गरेको छ। खड्काले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी विभागको छ।


प्रकाशित : आइतबार, माघ १६ २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend