शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

क्रिप्टो करेन्सी कारोबारी दिनेश खड्कासँग २५ लाख रूपैयाँ धरौटी माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
क्रिप्टो करेन्सी कारोबारी दिनेश खड्कासँग २५ लाख रूपैयाँ धरौटी माग
images
images

काठमाडौं- अवैध डलर कारोबारमा मुछिएका दिनेश खड्कासँग काठमाडौं जिल्ला अदालतले आइतबार थुनछेकको आदेश गर्दै २५ लाख रुपैयाँ धरौटी मागेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

images
images
images

उनीमाथि करिब ३७ करोड नेपाली रुपैयाँ बराबरको अवैध डलर कारोबार गरेको आरोप थियो। केही दिन अगाडि विभागले खड्कासहित उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। विभागले दिनेशलाई मात्र पक्राउ गरि बुझाएको थियो।

images
images

उनी क्रिप्टो करेन्सीमा संलग्न रहेको आशंका विभागले गरेको छ। खड्काले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी विभागको छ।

images
images


प्रकाशित : आइतबार, माघ १६ २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend