सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अवैध मुद्रासहित एक पाकिस्तानी पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
अवैध मुद्रासहित एक पाकिस्तानी पक्राउ

काठमाडौं- प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।

उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो। 

अभियुक्तलाई आइतबार थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : आइतबार, माघ १६ २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend