सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

घट्दो दरमा कोभिड संक्रमण, ५१ प्रतिशतबाट २७ मा झर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
घट्दो दरमा कोभिड संक्रमण, ५१ प्रतिशतबाट २७ मा झर्‍यो

काठमाडौं- कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ। कुल परीक्षणको ५१ प्रतिशतसम्म भएको कोरोना संक्रमणदर अहिले घटेर २७ प्रतिशतमा आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ ८ गते कुल परीक्षणको ५०.८ अर्थात ५१ प्रतिशममा कोरोना देखिएको थियो। माघ ८ गते २० हजार १ सय ८७ जनाको परीक्षणमा  १० हजार २ सय ५४ जनामा कोरोना देखिएको थियो।

तर माघ १६ गते आइपुग्दा कोरोना संक्रमणको दर २६.९३ प्रतिशतमा झरेको हो। आइतबार सार्वजनिक २४ घण्टामा १३ हजार १ सय ४५ जनाको कोभिड परीक्षणमा ३ हजार ५ सय ४० जनामा कोरोना देखिएको हो।

माघ १० गतेबाट विस्तारै संक्रमित हुने दर घटिरहेको छ।


प्रकाशित : आइतबार, माघ १६ २०७८११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend