सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतलाई हाइड्रोजन हब बनाउन ७५ अर्ब डलर लगानी गर्ने अम्बानीको योजना

आइतबार, माघ १६ २०७८
भारतलाई हाइड्रोजन हब बनाउन ७५ अर्ब डलर लगानी गर्ने अम्बानीको योजना

रिलायन्स कम्पनीले ग्रिन हाइड्रोजनको उत्पादन लागत १ डलर प्रतिकिलोग्राम हुने दाबी गरेको छ।

काठमाडौं- भारतीय अर्बपति मुकेश अम्बानीले हाइड्रोजन उर्जा उत्पादनमा ठूलो लगानी गर्ने भएका छन्। उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले क्लिन-हाइड्रोजन उत्पादनका लागि ७५ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो। 

एसियाकै धनाढ्य अम्बानीले यो महिनाको सुरुवातमा नवीकरणीय पूर्वाधार विकासमा उक्त लगानी गर्ने घोषणा गरेका थिए। रिलायन्सले हाइड्रोजन उत्पादन गर्ने विस्त्रित योजना भने बाहिर आइसकेको छैन। 

अम्बानीको रिलायन्ससँगै अदानी इन्टरप्राइजेज, सरकारी स्वामित्वको एनटीपीसी र इन्डियन अयल कर्पले पनि ग्रिन हाइड्रोजनमा जाने योजना भने बनाएको ब्लु्म्बर्गले लेखेको छ। 

रिलायन्स कम्पनीले ग्रिन हाइड्रोजनको उत्पादन लागत १ डलर प्रतिकिलोग्राम हुने दाबी गरेको छ। यो अहिलेको प्रतिकिलोग्राम उत्पादन लागतको करिब ६० प्रतिशत कम हो। 


प्रकाशित : आइतबार, माघ १६ २०७८०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend