सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ट्याक्सीबाहेक सार्वजनिक यातायातको जोर-बिजोर हट्ने

शुक्रबार, माघ १४ २०७८
ट्याक्सीबाहेक सार्वजनिक यातायातको जोर-बिजोर हट्ने

काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा लागू भएको जोर बिजोर हटाउन सिफारिस गरेको छ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले सार्वजनिक सवारीमा प्रयोग हुने ट्याक्सी बाहेकका सवारीमा जोरबिजोर हटाउने सिफारिस भएको बताइन्।

उनका अनुसार ट्याक्सी र निजी सवारीको हकमा भने जोरबिजोर यथावत नै राख्ने गरी सिफारिस भएको हो। सार्वजनिक सवारीमा जोरबिजोर लागु गर्दा यात्रुको भिडभाड बढेको गुनासोसँगै भिडभाड कम गर्न यस्तो सिफारिस मन्त्रिपरिषद्लाई गरेको उनले बताइन्।

तर मन्त्रिपरिषद्ले भने निर्णय गर्न बाँकी छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली  हट्ने छ।


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend