सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कानून बमोजिम खानी उत्खनन् गर्दा कसरी भष्ट्राचार भयो : सिमेन्ट उत्पादन संघ

शुक्रबार, माघ १४ २०७८
कानून बमोजिम खानी उत्खनन् गर्दा कसरी भष्ट्राचार भयो : सिमेन्ट उत्पादन संघ

काठमाडौं- २ खर्बको लगानी रहेको सिमेन्ट उद्योगलाई प्रभाव पार्नेगरी कानून बमोजिम राजस्व तथा रोयल्टी तिरेर खानी उत्खनन् गर्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्रचार  गरेको भन्दै मुद्दा दायर गरेको भन्दै सिमेन्ट उद्योगीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हो। संघले जारी गरेको विज्ञप्तीमा उद्योगहरुले अनुमति पत्रमा तोकिएको वार्षिक परिमाण भन्दी  केहि थपघट उत्तखनन् गरेतापनि कुल तोकिएका समयमा तोकिएभन्दा बढी परिमाण उत्खनन् नगरेको र जुन बखत जे जति परिमाण उत्खनन् गरेको सोहि आधारमा तोकिए वमोजिमको रोयल्टी (शुल्क) बुझाउदै आएको दाबी गरेका छन्।

यता अख्तियारले भने खानी तथा भूगर्भ विभागले नै अध्ययन गरेको रिपोर्टको आधारमा क्षतिपूर्ति  नतिराई १ लाख रुपैयाँ जरिवान मात्रै गरे खानी बढी उत्खननबाट भएको क्षतिपूर्ति नतिराई राज्यलाई नोक्सान पुर्‍याएको भन्दै विभानगका महानिर्देशक सहित ९ उद्योग, ९ उद्योगी बिरुद्ध मुद्दा दायर गरेको थियो।

उद्योगीले जारी गरेको विज्ञप्ती


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend