मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टायर पड्केपछि निगमको वाइडबडी जापानमै ग्राउन्डेड, २ सय ६१ जना यात्रु अलपत्र

सोमबार, माघ २१ २०८१
टायर पड्केपछि निगमको वाइडबडी जापानमै ग्राउन्डेड, २ सय ६१ जना यात्रु अलपत्र

टायर फड्केपछि जहाज ग्राउन्डेड भएको निगम स्रोतले बतायो। जहाजको पछाडिको एउटा टायर पड्केको हो।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को एउटा वाइडबडी जापानको नारितामा ग्राउन्डेड भएको छ।

आइतबार बेलुका साढे ९ बजे जापानको नारिता उडान भरेको कल साइन नाइन एन एलवाई जहाज नारितामा नै ग्राउन्डेड भएको हो।

टायर फड्केपछि जहाज ग्राउन्डेड भएको निगम स्रोतले बतायो। जहाजको पछाडिको एउटा टायर पड्केको हो।

जहाजको एउटा टायर पड्के पनि २ वटै फेर्नुपर्ने हुन्छ। जसका लागि अहिलेसम्म टायर व्यवस्थापन हुन सकेको छैन।

अर्को सूचना नहुँदासम्मका लागि जहाजको उडान रद्द भएको छ। उडान बन्द हुँदा २ सय ६१ जना यात्रु अलपत्र परेका छन्।

प्रकाशित : सोमबार, माघ २१ २०८११२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend