सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्मार्टफोनको विश्वव्यापी बिक्री कोरोनाअघिको अवस्थामा पुग्यो 

सन् २०२१ मा १ अर्ब ३५ करोड वटा स्मार्टफोन बिक्री भए 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
स्मार्टफोनको विश्वव्यापी बिक्री कोरोनाअघिको अवस्थामा पुग्यो 

तेस्रो नम्बरमा रहेको साओमीले सन् २०२१ मा १९ करोड स्मार्टफोन बिक्री गरेको छ। 

काठमाडौं- विश्वबजारमा स्मार्टफोनको व्यापार कोरोना महामारीअघिको तहमा पुगेको छ। 

बजार अनुसन्धान संस्था क्यालेसको तथ्यांक अनुसार सन् २०२१ मा आपूर्ति अवरोधका बाबजुद सन् २०१९ कै तहमा पुगेको छ। 

२०२१ मा संसारभर कूल १ अर्ब ३५ करोड स्मार्टफोन बिक्रीवितरण भएका छन्। सन् २०१९ मा १ अर्ब ३७ करोड फोन बिक्री भएका थिए। 

धेरै स्मार्टफोन बिक्री गर्ने पाँच कम्पनीको टेबलमा सन् २०२० कोमा कुनै पनि हेरफेर भएको छैन। २० प्रतिशत बजार हिस्सासहित सामसङ एक नम्बरमा यथावत छ। सन् २०२१ मा सामसङले २७ करोड ५० लाख स्मार्टफोन बिक्री गरेको छ। 

त्यस्तै दोस्रोमा एप्पल यथावत छ। आइफोन १३ को उच्च बिक्रीले एप्पललाई २ नम्बरमा यथावत राखेको छ। एप्पलले २३ करोड १० लाख स्मार्टफोन बिक्री गरेको छ। 

तेस्रो नम्बरमा रहेको साओमीले सन् २०२१ मा १९ करोड स्मार्टफोन बिक्री गरेको छ। 

smartphone.jpg
undefined


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend