मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

स्थानीयको माग सम्बोधन गर्दै पाथीभरामा केबलकार निर्माण अघि बढाउन सहजीकरण गर्ने गृह मन्त्रालयको निष्कर्ष

मंगलबार, माघ १५ २०८१
स्थानीयको माग सम्बोधन गर्दै पाथीभरामा केबलकार निर्माण अघि बढाउन सहजीकरण गर्ने गृह मन्त्रालयको निष्कर्ष

काठमाडौं- पाथीभरा क्षेत्रमा आइएमई समूहले निर्माण गर्न लागेको केबलकार निर्माणमा स्थानीयले अवरोध जारी राखेपछि गृहमन्त्री रमेश लेखकले सरोकारवालासँग छलफल गरेका छन्।

मंगलबार गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभा जिल्लाका सांसद र प्रहरी प्रमुखसँग छलफल गरेका हुन्। छलफलमा केही दिन अगाडि भएको घटनाका घाइतेको उपचार गर्ने तथा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने र शान्तिपूर्ण तवरले परियोजना निर्माणलाई अगाडि बढाउने निर्णय गरिएको छ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे केही दिनयता प्रहरी प्रशासनसमेत गम्भीर छलफल छ। गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विवाद हुँदै आएको छ। त्यसपछि दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए।

'नो केबलकार' समूहका चार जना घाइते भएका थिए। जसमध्ये दुई जनालाई तिघ्रामा गोलीसमेत लागेको थियो। छलफलबाट घाइतेको निःशुल्क उपचार सरकारले गरिदिने र वार्तामार्फत समाधान निकाल्दै केबलकार परियोजनालाई अगाडि बढाउन सहजीकरण गर्नेगरी निष्कर्ष निकालिएको हो।

२१.jpeg


प्रकाशित : मंगलबार, माघ १५ २०८१२१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend