सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२४ घण्टामा ५ लाख ५४ हजारले लगाए कोरोनाविरूद्धको खोप

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
२४ घण्टामा ५ लाख ५४ हजारले लगाए कोरोनाविरूद्धको खोप
तस्बिर : रासस

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ को नमूना परीक्षण गरिएको थियो। 

१५ हजार ७ सय ३६ को पीसीआर र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको छ। निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५ सय ६६ रहेको छ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ९ लाख ३९ हजार २ सय ६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा १ लाख २२ हजार ८ सय ३८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५१ लाख ८५ हजार ७ सय ४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९ लाख ४७ हजार ३ सय १७  पुगेको छ। कूलमा सङक्रमण दर १८ दशमलव एक प्रतिशत छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५ सय ७६ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ। 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन्।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके रुपन्देही, दाङ र कैलाली रहेका छन्।

दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन्।

शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , माघ १३ २०७८१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend