बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नबिल बैंकको अग्राधिकार सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा अस्वीकृत

बिहीबार , माघ १० २०८१
नबिल बैंकको अग्राधिकार सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा अस्वीकृत

नबिल बैंकले आफ्नो साधारणसभाबाट राष्ट्र बैंकको सर्तबमोजिम अग्राधिकारसम्बन्धी प्रस्ताव सच्याएर ल्याएको अवस्थामा मात्रै अनुमति पाउने स्रोतको दाबी छ।

काठमाडौं- राष्ट्र बैंकले नबिल बैंकको अग्राधिकार सेयर अनुमति अस्वीकृत गरेको छ। राष्ट्र बैंकको अग्राधिकार सेयरसम्बन्धी एकीकृत निर्देशनविपरीत गएर समयअवधि तोकेको भन्दै राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति नदिने निर्णय गरेको हो। अग्राधिकार सेयर अस्वीकृत भएसँगै नबिल बैंकको पुँजीकोषमा दबाब पर्ने छ। 

नबिल बैंकले गत भदौ १७ गते विशेष साधारणसभा गर्दै ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। १० प्रतिशत नगद लाभांश वितरण गर्ने योजनासहित अग्राधिकार सेयरको प्रस्ताव नबिल बैंकले अगाडि बढाएको थियो।

मुलुकको अर्थतन्त्रमा दबाब रहेको समय बैंकले लगातार २ वर्षसम्म नगद लाभांश घोषणा गरेपछि बैंकको प्राथमिक पुँजीकोष यतिबेला दबाबमा छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकको पुँजीकोष ९.०४ प्रतिशतमा आएको छ।

पुँजीकोषमा रहेको दबाब हटाउन नबिल बैंकले १० वर्ष अवधि तोकेर अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति माग गरेको थियो। तर राष्ट्र बैंकले आफ्नो निर्देशनमा स्पष्टरुपमा अग्राधिकार सेयर भुक्तानी गर्न नमिल्ने सर्त राखेको छ।

अग्राधिकार सेयर जारी गर्न नबिल बैंकले राष्ट्र बैंकमाथि निरन्तर दबाब दिँदै आएको थियो। अन्तत: राष्ट्र बैंकले नबिल बैंकको प्रस्ताव अस्वीकृत गरेको हो।

राष्ट्र बैंकको निर्देशनविपरीत गएर सर्त तोक्न नमिल्ने भन्दै अग्राधिकार सेयर प्रस्ताव अस्वीकृत गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ। 'राष्ट्र बैंकको सर्तविपरीत कुनै पनि काम गर्न पाइँदैन। अवधि तोकेर अग्राधिकार सेयरका लागि नबिलले मागेको अनुमति राष्ट्र बैंकले अस्वीकृत गरेको छ', स्रोतले भन्यो।

नबिल बैंकले आफ्नो साधारणसभाबाट राष्ट्र बैंकको सर्तबमोजिम अग्राधिकारसम्बन्धी प्रस्ताव सच्याएर ल्याएको अवस्थामा मात्रै अनुमति पाउने स्रोतको दाबी छ।

नबिल बैंकले नगद लाभांश घोषणा गरी उक्त लाभांश श्रीलंकाको युनियन बैंक अफ कलोम्बो खरिद गर्न प्रयोग गरेको पाइएको छ। बैंकको प्रमुख साझेदार एनबी इन्टरनेशलमार्फत चौधरी समूहले नगद लाभांश बाहिर लगेकाले बैंकको पुँजीकोषमा दबाब देखिएको हो।

चौधरी समूहले सन् २०२२ नोम्बरमा श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बो खरिद गरेको थियो। युनियन बैंक खरिद गरेसँगै नबिल बैंकका सञ्चालक निर्वाण चौधरी युनियन बैंक अफ श्रीलंकाको अध्यक्ष बनेका थिए। हाल उनी युनियन बैंकको डेपुटी अध्यक्ष छन्।

यस्तै बैंकका अर्का सञ्चालक मलय मुखर्जी पनि नबिलका सञ्चालक छन्। यस्तै नबिल इन्भेष्टमेन्ट बैंकका सञ्चालक तथा चार्टर्ड एकाउन्टेड सञ्जय पोखेललाई पनि चौधरी समूहले युनियन बैंकको सञ्चालक बनाएको छ।

राष्ट्र बैंकले श्रीलंकाको केन्द्रीय बैंकलाई निरीह जवाफ पठाएपछि चौधरी र मुखर्जी बनेका थिए युनियन बैंकमा सञ्चालक राष्ट्र बैंकले श्रीलंकाको केन्द्रीय बैंकलाई निरीह जवाफ पठाएपछि चौधरी र मुखर्जी बनेका थिए युनियन बैंकमा सञ्चालक

नबिललाई संकटको डिलमा पुर्‍याउने गरी श्रीलंकाको युनियन बैंकमा चौधरी समूहको मोह किन?

कानूनी छिद्रको फाइदा उठाउँदै चौधरी समूह, नबिलका निर्वाण र मलय श्रीलंकाको बैंकमा पनि सञ्चालककानूनी छिद्रको फाइदा उठाउँदै चौधरी समूह, नबिलका निर्वाण र मलय श्रीलंकाको बैंकमा पनि सञ्चालक

अन्तिम लेखापरीक्षणमा १२.३४ प्रतिशतले नाफा घट्दा दबाबमा नबिल बैंक, प्राथमिक पुँजीकोष ९ प्रतिशतमा आयोअन्तिम लेखापरीक्षणमा १२.३४ प्रतिशतले नाफा घट्दा दबाबमा नबिल बैंक, प्राथमिक पुँजीकोष ९ प्रतिशतमा आयो

नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहरनबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर

नगद लाभांश वितरणपछि नबिल बैंकसँग राष्ट्र बैंकको गम्भीर असहमति, अग्राधिकार सेयरमार्फत गर्न खोजिएको सेटलमेन्टमा धक्कानगद लाभांश वितरणपछि नबिल बैंकसँग राष्ट्र बैंकको गम्भीर असहमति, अग्राधिकार सेयरमार्फत गर्न खोजिएको सेटलमेन्टमा धक्का


प्रकाशित : बिहीबार , माघ १० २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend