मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्दा यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट

बिहीबार , माघ १० २०८१
पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्दा यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट

सरकारले २०८३ को भदौ मसान्तसम्मका लागि यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो।

काठमाडौं- पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुले तिर्नुपर्ने यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ।

सरकारले २०८३ को भदौ मसान्तसम्मका लागि यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो।

यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुले यसघि यात्रु सेवा शुल्कबापत ३ हजार रूपैयाँ (भ्याट सहित) तिर्नुपर्ने थियो। अब भने यो शुल्क तिर्नु नपर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सरकारले यात्रु सेवा शुल्कमा छुट दिने निर्णय गरेको हो।

प्रकाशित : बिहीबार , माघ १० २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend