सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वर्ल्डलिंकको अफर : इन्टरनेट रिफर गर्ने र पाउनेलाई नेटटिभीसहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
वर्ल्डलिंकको अफर : इन्टरनेट रिफर गर्ने र पाउनेलाई नेटटिभीसहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क 

त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभी सहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन् । वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । 

काठमाडौं-  इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुबैलाई आईपीटीभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने भएको छ। 

बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन्। यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ। 

त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभी सहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन्। वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ। 

कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन्। 

यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजी सहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउनेछन्। त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई-फाई बिकन १.१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , माघ १३ २०७८०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend