बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वाणिज्य बैंकहरूको औषत खराब कर्जा ४.५ प्रतिशत नाघ्यो, ४ बैंकको ५ प्रतिशतमाथि

सोमबार, माघ ७ २०८१
वाणिज्य बैंकहरूको औषत खराब कर्जा ४.५ प्रतिशत नाघ्यो, ४ बैंकको ५ प्रतिशतमाथि

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूको खराब कर्जाको दर (एनपीएल) बढेको छ। वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब ४.५० प्रतिशत पुगेको छ।

गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३.६० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यस आधारमा हेर्दा गत पुसको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा अहिले करिब ३० प्रतिशतले बढ्ने देखिएको छ। 

यद्यपी राष्ट्र बैंकले सरकारी स्वामित्वका वाणिज्य बैंकहरू र निजी क्षेत्रका बैंकहरूलाई छुट्टै समूहमा राखेर औषत खराब कर्जा गणना गर्ने भएकाले औषत खराब कर्जा थप बढ्ने देखिन्छ। 

समीक्षा अवधिका एभरेष्ट बैंकबाहेक अधिकांश बैंकहरूको खराब कर्जा बढेको छ। एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट घटेर ०.६६ प्रतिशत कायम भएको छ भने नेपाल एसबिआई बैंकको खराब कर्जा ३.२० प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा आएको छ। 

यस अवधिमा सबैभन्दा कम खराब कर्जा हुने बैंक एभरेष्ट बैंक हो भने दोस्रो स्थानमा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ। समीक्षा अवधिमा स्टार्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ। 

यस्तै कम खराब कर्जा हुनेहरूमा नेपाल एसबिआई बैंक तेस्रो स्थानमा रहेको छ। कम खराब कर्जा हुने बैंकहरूमध्येमा सानिमा बैंकको ३.२२ प्रतिशत र एनएमबि बैंकको ३.९६ प्रतिशत रहेको छ। 

npl poush.jpg

यसबाहेकका अन्य बैंकहरूको खराब कर्जा ४.५० प्रतिशतभन्दा माथि रहेको छ। जसमा सिद्धार्थ बैंकको ४.५० प्रतिशत, एनआईसी एसिया बैंकको ४.६१ प्रतिशत, सिटिजन्स बैंकको ४.८५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.९० प्रतिशत, नबिल बैंकको ४.९३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्सियल बैंकको ४.९६ प्रतिशत, हिमालयन बैंकको ४.९८ प्रतिशत र नेपाल बैंक लिमिटेडको ४.९९ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ बैंकको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको छ। जसमा प्रभु बैंकको ५.०६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत र कुमारी बैंकको ६.९६ प्रतिशत खराब कर्जा पुगेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंकको खराब कर्जा लगातार दोस्रो त्रैमासमा पनि ५ प्रतिशतमाथि कायम भएको छ।

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा घट्यो, कुन बैंकको कति? दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा घट्यो, कुन बैंकको कति?

खराब कर्जाले थलिए वाणिज्य बैंक, कर्जा नोक्सानी व्यवस्था बढ्दा वितरणयोग्य घाटा र पुँजीकोषको उच्च दबाब खराब कर्जाले थलिए वाणिज्य बैंक, कर्जा नोक्सानी व्यवस्था बढ्दा वितरणयोग्य घाटा र पुँजीकोषको उच्च दबाब


प्रकाशित : सोमबार, माघ ७ २०८११५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend