शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सुरू भयो भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५, ईभीले भरिभराउ [तस्बिरहरू]

शुक्रबार, माघ ४ २०८१
सुरू भयो भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५, ईभीले भरिभराउ [तस्बिरहरू]

भारत मोबिलिटी ग्लोबल एक्स्पोमा अटो एक्स्पो (कार, मोटरसाइकल तथा ठूला सवारी), कम्पोनेन्ट एक्स्पोलगायत भइरहेको छ। जनवरी १७ मा सुरू भएको यो एक्स्पो ३ ठाउँमा हुने र २२ तारिखसम्म हुनेछ।

भारत (न्यूदिल्ली)- भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ शुक्रबारबाट सुरू भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेपछि एक्स्पो औपचारिक रुपमा सुरु भएको हो।

यो संस्करणको एक्स्पोमा सबैजसो भारतीय सवारी उत्पादक कम्पनीका साथै भारतमा सवारी बिक्री गर्ने कम्पनीहरूले विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिएका छन्। ईभी प्यासेन्जर कार उत्पादकको प्राथमिकतामा छ नै अब कमर्सियल सवारी उत्पादकको समेत प्राथमिकतामा गरेको छ।

विलासी सवारी उत्पादक कम्पनीहरु बीएमडब्लू, अउडी, पोर्सा, मर्सिडिज बेन्जलगायतले पनि विद्युतीय कारलाई प्रथमिकताका साथ प्रदर्शनीमा राखेका छन्।

मारूती सुजुकीले भारतमा आफ्नो पहिले विद्युतीय कार ईभिटारा सार्वजनिक गरेको छ। त्यस्तै टाटा मोटर्सले सियरा ईभी, ह्यारियर ईभी र अभेन्या ईभी सार्वजनिक गरेको छ। टाटाले प्यासेन्जर कारको फेसलिफ्टको भर्सन ल्याएको छ भने कमर्सियल गाडी र बसमा पनि नयाँ उत्पादन सार्वजनिक गरेको छ। टाटाले हाइड्रोजनमा आधारित ट्रक पनि सार्वजनिक गरेको हो।

एक्स्पोमा हुन्डाई मोटर्सले क्रेटा इलेक्ट्रिक सार्वजनिक गरेको छ। कम्पनीले क्रेटा ईभी निक्कै आकर्षक मूल्य १७ लाख ९९ हजार भारूबाट सुरू गरेको छ।

भारत मोबिलिटी ग्लोबल एक्स्पोमा अटो एक्स्पो (कार, मोटरसाइकल तथा ठूला सवारी), कम्पोनेन्ट एक्स्पोलगायत भइरहेको छ। जनवरी १७ मा सुरू भएको यो एक्स्पो ३ ठाउँमा हुने र २२ तारिखसम्म हुनेछ।

तस्बिरमा हेर्नुहोस् एक्स्पो

bharat expo (2).jpg
bharat expo (3).jpg
bharat expo (4).jpg
bharat expo (5).jpg
bharat expo (6).jpg
bharat expo (7).jpg
bharat expo (8).jpg
bharat expo (9).jpg
bharat expo (10).jpg
bharat expo (11).jpg
bharat expo (12).jpg
bharat expo (13).jpg
bharat expo (14).jpg
bharat expo (15).jpg
bharat expo (16).jpg
bharat expo (17).jpg
bharat expo (18).jpg
bharat expo (19).jpg
bharat expo (20).jpg
bharat expo (21).jpg
bharat expo (22).jpg
bharat expo (23).jpg
bharat expo (24).jpg
bharat expo (25).jpg
bharat expo (26).jpg
bharat expo (27).jpg
bharat expo (28).jpg
bharat expo (29).jpg
bharat expo (30).jpg


प्रकाशित : शुक्रबार, माघ ४ २०८११८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend