मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १ २०८१
यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल-भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रुपमा विकास हुँदै गएको छ।

चितवन- चितवनको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ। माडी नगरपालिका-५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ।

तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। गढीमा हाल घुम्न र दर्शन गर्न आउने पर्यटक बढेका छन्। सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलका अनुसार वसन्तपुरबाट ११ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा हाल ३० मिनेटमा पुग्न सकिन्छ। 

सडक सञ्जाल विस्तार भएसँगै यस स्थानमा घुम्न, वनभोज खान आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको अध्यक्ष पोखरेलले बताए। माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ। 

पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल-भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रुपमा विकास हुँदै गएको छ।

यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्ने भक्तालुको घुइँचो लाग्छ। सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो।

भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढीमा माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकारद्वारा ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएका छन्। रासस


प्रकाशित : मंगलबार, माघ १ २०८११६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend