शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत

images
बुधबार, माघ १२ २०७८
images
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत

२८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। 

images
images

बागलुङ- ताराखोला जलविद्युत् आयोजना  विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। 

images
images
images

दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिए। 'दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युतमेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ,' उनले भने, 'अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ। गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।' 

images
images

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

images
images

प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी दिए। उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार  आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ।

सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ। केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र  अर्को छ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ। सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उनको भनाइ छ। स्थानीय जलविद्युत्  समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ। रासस


प्रकाशित : बुधबार, माघ १२ २०७८०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend