शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, पुस २८ २०८१
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनका लागि थप ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढी भएकाले राष्ट्र बैंकले तरलता खिच्न लागेको हो। 

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब १५ अर्बको हाराहारीमा अधिक लगानीयोग्य रकम रहेको छ। ब्याजदर घट्ने क्रममा छ भने कर्जाको माग अपेक्षितरुपमा बढ्न सकेको छैन। 

यद्यपी चालु आर्थिक वर्षको पुसमा आएर भने कर्जा प्रवाह ५२ अर्ब रुपैयाँले बढेको छ। पछिल्लो समय अर्थतन्त्र चलायमान हुने संकेतहरू देखा पर्न थालेका छन्। उद्योगी व्यवसायीहरूले चालु पुँजी कर्जा र दीर्घकालीन ऋण माग गर्न थालेका छन्।

पुसपछि सरकारी निर्माणले पनि गति पाउने भएकाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ। पछिल्लो समय रेमिट्यान्सको वृद्धिदर घट्न थालेको छ भने आयातमा वृद्धि देखिएको छ। जसले गर्दा विदेशी मुद्रा सञ्चिति पर्याप्तता अनुपातमा कमी देखिन थालेको छ। यसले आर्थिक गतिविधिहरुमा सकारात्मक देखिन थालेको राष्ट्र बैंकका अधिकारीहरुले बताउन थालेका छन्। 

ब्याजदर न्यूनतम बिन्दुमा रहेको र लगानीका लागि स्रोतको उलब्धता रहेकाले यसको सदुपयोग गर्नमा उनीहरुले जोड दिएका छन्। यस्तो अनुकूल अवस्थामा अर्थतन्त्रमा सधैँ नरहने भएकाले स्रोतको उचित उपयोगमा जोड दिएका छन्।


प्रकाशित : आइतबार, पुस २८ २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend