मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आन्तरिक हवाई यात्रुमा बुद्धको बजार हिस्सा ५९.३८ प्रतिशत, अन्यको कति?

बुधबार, पुस २४ २०८१
आन्तरिक हवाई यात्रुमा बुद्धको बजार हिस्सा ५९.३८ प्रतिशत, अन्यको कति?

बुद्ध एयरले २०२४ मा कुल ४७ हजार ८ सय ५ वटा उडान तथा अवतरण गरेको छ। यसैगरी आन्तरिक उडानमा यात्रु संख्याका हिसाबका दोस्रो बजार हिस्सा भएको एयरलाइन्स यती एयर हो।

काठमाडौं- नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयर एकछत्र देखिएको छ। यात्रु संख्या तथा लगानीको आधारमा बुद्ध एयरले लामो समयदेखि प्रभावशाली उपस्थिति देखाउँदै आएको छ। वित्तीय तथा सुरक्षाको हिसाबले पनि बुद्ध एयर अब्बल सावित भएको छ।

सन् २०२४ मा बुद्ध एयरको बजार हिस्सा दुई तिहाईकै हाराहारीमा पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार बुद्धले २६ लाख ४८ हजार ६ सय ६४ यात्रुलाई सेवा दिएको छ। कुल ४४ लाख ६० हजार ३ सय ६१ यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका थिए। यसमा बुद्धको बजार हिस्सा ५९.३८ प्रतिशत देखिएको छ।

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान सुरु गरेको बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका एटीआर ७२ जहाज १६ वटा र एटीआर ४२ जहा दुईवटा छ।

बुद्धको एउटा 'एटीआर ४२' जहाज भने उडान अवधि पूरा भएपछि बिदाइ गरिएको थियो। जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्यांगर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो।

कर्पोरेट अफिस, एनजीओ, आईएनजीओ तथा नेपालस्थित विदेशी नियोग र दूतावासका पदाधिकारीहरूले अहिले बुद्ध एयरलाई नै पहिलो प्राथमिकतामा राखेका छन्। सँगसँगै सर्वसाधारणको पनि पहिलो रोजाइ बुद्ध एयर नै रहेको छ। बुद्ध एयरले जनशक्ति तालिम तथा मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।

यो ह्यांगर विदेशबाट पनि पुरस्कृत भइसकेको छ। बुद्ध एयरले आफ्ना जहाजमात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरूलाई पनि सेवा दिइरहेको छ।

आन्तरिक उडानमा बुद्ध एयरले काठमाडौंलाई बेस बनाएर भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, राजविराज, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र माउन्टेन उडान गर्दै आएको छ। बुद्ध एयरले पोखराबाट चितवन, भैरहवा र नेपालगञ्जमा उडान गर्दै आएको छ। साथै बुद्धले भारतको बनारसमा पनि उडान गर्दै आएको छ।

बुद्ध एयरले २०२४ मा कुल ४७ हजार ८ सय ५ वटा उडान तथा अवतरण गरेको छ। यसैगरी आन्तरिक उडानमा यात्रु संख्याका हिसाबका दोस्रो बजार हिस्सा भएको एयरलाइन्स यती एयर हो।

एयरलाइन्सगत बजार हिस्सा (1).png

यतिले सन् २०२४ मा १७ हजार ८ सय १३ उडान तथा अवतरणमार्फत ९ लाख ५० हजार ६ सय ४२ जनालाई आन्तरिक हवाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। यतीको बजार हिस्सा कुल यात्रुको २१.३१ प्रतिशत हो। यतिले ७ वटा एटीआर जहाजमार्फत उडान सेवा दिँदै आएको छ।

यसैगरी तेस्रो बजार हिस्सा भएको एयर श्री एयर हो। श्रीले सन् २०२४ मा १२ हजार २ सय २९ उडान तथा अवतरण मार्फत ६ लाख ८३ हजार ७ सय ४८ जनालाई आन्तरिक हवाई सेवा दिएको छ। कुल यात्रु संख्याको आधारमा श्रीको बजार हिस्सा १५.३३ प्रतिशत हो।

आन्तरिक उडानमा तारा, सिता र समिट एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि सेवा दिइरहेका छन्। तर अहिले नेपाल एयरलाइन्सको भने उडान बन्द छ। 

एयरलाइन्सअनुसार यात्रु विवरण

air lines.png


प्रकाशित : बुधबार, पुस २४ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend