मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्राधिकरणबाट अनुमोदन नगरी न्यारोबडी सी-चेकका लागि कम्पनी छनोट, स्पष्टीकरण सोधिँदै

हवाई सुरक्षामा निगम कार्यकारी अध्यक्ष अधिकारीको गम्भीर खेलबाड

मंगलबार, पुस २३ २०८१
प्राधिकरणबाट अनुमोदन नगरी न्यारोबडी सी-चेकका लागि कम्पनी छनोट, स्पष्टीकरण सोधिँदै

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाइडबडी जहाज सी-चेकमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन नै नगरी कम्पनी छनोट गर्दै सम्झौता गरेका थिए।

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हवाई सुरक्षामा बारम्बार खेलबाड गर्दै आएका छन्। अधिकारीले वाइडबडी जहाज सी-चेकमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन नै नगरी कम्पनी छनोट गर्दै सम्झौता गरेका थिए।

पुन: न्यारोबडी जहाजको सी-चेकमा पनि उही गल्ती दोहोर्‍याएका छन्। अधिकारीले केही दिनअगाडि मात्रै न्यारोबडी जहाज सी-चेकका लागि रिवेयर नेपाल प्रालि (एमआरओ चाइना साउथन एयरलाइन्स कम्पनी लिमिडेट शेनयाङ मेन्टेनेस बेस चीन)कम्पनी छनोट गर्दै दुईपक्षीय सम्झौता गरेका थिए।

प्राधिकरण ऐनअनुसार जहाज सी-चेकका लागि कम्पनीसँग सम्झौता गर्नुपूर्व प्राधिकरणबाट छनोट भएको कम्पनी अनुमोदन गराउनुपर्छ। तर निगमका कार्यकारी अध्यक्ष अधिकारीले प्राधिकरणबाट अनुमोदन नगरी कम्पनीसँग सम्झौता गर्दै जहाज जनवरी १० मा चीन लैजान अनुमति मागेको खुलेको छ।

प्राधिकरणले अनुमोदन नगरी जहाज सी-चेकका लागि कम्पनी छनोट गर्दै सम्झौता गर्दै जहाज लैजाने गरी उडान अनुमति मागेपछि अधिकारी अध्यक्षलगायत उक्त प्रक्रियामा सहभागी कर्मचारीलाई स्पष्ट्रिकरण सोधिने भएको छ।

यसअघि जुनमा पनि अधिकारीले वाइडबडी जहाज सी-चेकका लागि प्राधिकरणबाट अनुमोदन नै नभएको कम्पनी छनोट गर्दै जहाज इटाली लगेका थिए। प्राधिकरणलाई तत्कालिन समयमा जहाज दुबई उडानमा जाने भन्दै प्राधिकरणलाई झुक्याउँदै जहाज इटाली पुर्‍याएका थिए।

नेपाल एयरलाइन्सले कम्पनी छनोटमा गरेको चलखेलबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : मंगलबार, पुस २३ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend