मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

होटल संघले 'नेपाल हस्पिटालिटी डे'को दोस्रो संस्करण मनाउने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २२ २०८१
होटल संघले 'नेपाल हस्पिटालिटी डे'को दोस्रो संस्करण मनाउने

काठमाडौं- होटल संघ नेपालले 'नेपाल हस्पिटालिटी डे'को दोस्रो संस्करण आउने माघ २ गते काठमाडौंमा मनाउने भएको छ।

संघले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो स्थापनाको दिवसका अवसरमा 'नेपाल हस्पिटालिटी डे'को दोस्रो संस्करण मनाउने बताएको छ।

संघका अध्यक्ष विनायक शाहले सातै प्रदेशका रैथाने परिकार प्रवर्द्धन गर्ने उद्देश्यसहित हस्पिटालिटी डे मनाउन लागिएको बताए। 

'सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनीमा राखिने छ। यसको मुख्य उद्देश्य नेपालमा विदेशी पर्यटकलाई आकर्षित गर्नु हो,' शाहले भने, 'होटल क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे छलफल पनि गर्नेछौँ।'

संघको वार्षिक साधारणसभा त्यही दिन गरिँदैछ। जहाँ देशैभरका होटल व्यवसायी सहभागी हुनेछन्।


प्रकाशित : सोमबार, पुस २२ २०८११८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend