मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सगरमाथा क्षेत्रमा आपतकालीन उडानसमेत नगर्ने वायुसेवा सञ्चालक संघको घोषणा

आइतबार, पुस २१ २०८१
सगरमाथा क्षेत्रमा आपतकालीन उडानसमेत नगर्ने वायुसेवा सञ्चालक संघको घोषणा

हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटकपटक वार्ता गर्दा पनि कुनै निष्कर्ष आएको छैन।

काठमाडौं- सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै आजदेखि सगरमाथा क्षेत्रमा हवाई उडान स्थगित गरेको जनाएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिकरुपमा उडान बन्द गराएका हुन्।

हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटकपटक वार्ता गर्दा पनि कुनै निष्कर्ष आएको छैन।

हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सृजना गरिएको र कथमकदाचित आपतकालीन अवतरण गर्नुपर्ने अवस्था सृजना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको संघले जनाएको छ।

सदस्य वायुसेवा कम्पनीहरुका जहाजहरु अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाएर कारबाही गर्ने भन्नेजस्ता अभिव्यक्तिहरु स्थानीय क्लब, युवा समूहलगायत सरोकारवाला निकायहरुले विभिन्न सञ्चार माध्यमहरुमा व्यक्त गर्नेजस्ता कार्य गरेको हुनाले हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान नगर्ने संघले जनाएको छ।

उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीहरुले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडानहरु स्थगन गर्ने बताइएको छ।


प्रकाशित : आइतबार, पुस २१ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend