मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्राधिकरणको २६ औँ वार्षिक उत्सवमा बुद्ध एयर सम्मानित

बुधबार, पुस १७ २०८१
प्राधिकरणको २६ औँ वार्षिक उत्सवमा बुद्ध एयर सम्मानित

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको बुद्ध एयरलाई सम्मान गरेको छ। प्राधिकरणले २६ ‌‌औँ वार्षिक उत्सव समारोहमा बुद्ध एयरलाई सम्मान गरेको हो।

ट्रंक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा दिँदै प्राधिकरणलाई सबैभन्दा धेरै उड्डयन शुल्क बुझाएको भन्दै सम्मान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बुद्ध एयरलाई सम्मान पत्र दिएका थिए।

आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी छ। आन्तरिक उडानमा बुद्ध एयरले काठमाडौं र पोखरालाई बेस बनाएर उडान गर्दै आएको छ। 

सोही कार्यक्रममा स्टल उडानतर्फ सबैभन्दा बढी यात्रुलाई सेवा दिँदै प्राधिकरणलाई सबैभन्दा बढी उड्डयन शुल्क बुझाएको भन्दै समिट एयरलाई समेत प्राधिकरणले सम्मान गरेको थियो। यसैगरी हेलिकोप्टरतर्फ एयर डाइनेस्टीलाई समान गरेको थियो।


प्रकाशित : बुधबार, पुस १७ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend