मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

मंगलबार, पुस १६ २०८१
सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेले जानकारी दिए।

काठमाडौं- सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार एकसय ९१ विदेशी पर्यटक नेपाल आएका थिए।

कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटीओ)को पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड-१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ। 

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend