सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १० २०७८
जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने

काठमाडौं- राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ। 

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो। रासस


प्रकाशित : सोमबार, माघ १० २०७८१३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend