मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

छेङ्दुबाट १२६ चिनियाँसहित सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

बिहीबार , पुस ११ २०८१
छेङ्दुबाट १२६ चिनियाँसहित सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

सिचुवानको यो तेस्रो चार्टर उडान हो। यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन्।

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो।

चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो। पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन।

चार्टर उडानबाट आशा जगाउने काम भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। सिचुवानको यो तेस्रो चार्टर उडान हो। यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन्। रासस

 


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend