मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टरिगाउँ विमानस्थल विस्तारका लागि तीन अर्ब लागत अनुमानसहित पर्यटनमन्त्रीसमक्ष डीपीआर प्रस्तुत

सोमबार, पुस ८ २०८१
टरिगाउँ विमानस्थल विस्तारका लागि तीन अर्ब लागत अनुमानसहित पर्यटनमन्त्रीसमक्ष डीपीआर प्रस्तुत

सातसय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँचसय मिटरमा विस्तार गर्ने प्रस्ताव डीपीआरमा भएको छ।

दाङ- तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ। सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन्।

आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य  दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गरेका हुन्।

उनीहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि प्रस्तुत गरेका थिए।

पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि तीन अर्ब, ४२ करोड २८ लाख रूपैयाँ लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डीपीआर प्रस्तुत गरिएको हो।

सातसय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँचसय मिटरमा विस्तार गर्ने प्रस्ताव डीपीआरमा भएको छ। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend