सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ९ २०७८
२४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ५ हजार ५ सय ९८ र एन्टिजेन परीक्षणबाट ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा १७ हजार ४ सय ३७ नमूनाको परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३ सय ७७ नमूनाको पीसीआर र ४ हजार ६० नमूनाको एन्टिजेन परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। 


प्रकाशित : आइतबार, माघ ९ २०७८११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend