मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सन् २०२४ को ११ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै धेरै यात्रुले यात्रा गरे

बुधबार, पुस ३ २०८१
सन् २०२४ को ११ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै धेरै यात्रुले यात्रा गरे

यो ११ महिनाम २३ लाख ९६ हजार ३ सय ५२ यात्रु बाहिरिएका छन् भने २१ लाख ७१ हजार ८ सय ७६ यात्रु भित्रिएका छन्। सन् २०२३ को वर्षमा ४५ लाख ४१ हजारले यात्रा गरेका थिए।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्यामा सन् २०२४ को ११ महिनामै रेकर्ड ब्रेक भएको छ। कुनै पनि वर्षको तुलनामा यो वर्षको ११ महिनामै धेरै यात्रुले काठमाडौं विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गरेका छन्। 

विमानस्थल कार्यालयको तथ्यांकअनुसार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२४ को ११ महिनामा ४५ लाख ६८ हजार ८ सय १७ जनाले यात्रा गरेका छन्। यो वार्षिक रुपमा नै हालसम्मकै धेरै यात्रु संख्या हो।

यो ११ महिनाम २३ लाख ९६ हजार ३ सय ५२ यात्रु बाहिरिएका छन् भने २१ लाख ७१ हजार ८ सय ७६ यात्रु भित्रिएका छन्। सन् २०२३ को वर्षमा ४५ लाख ४१ हजारले यात्रा गरेका थिए। 

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४१ लाख ४८ हजार ८ सय २९ ले आन्तरिक हवाई यात्रा गरेका छन। गत वर्ष २०२३ को १२ महिनामा ४१ लाख ५० हजार ३ सय २६ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए।

प्रकाशित : बुधबार, पुस ३ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend