मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राजविराज विमानस्थलमा रात्रिकालीन समयमा पनि उडान-अवतरण गर्ने प्रणालीको सुरुवात

सोमबार, पुस १ २०८१
राजविराज विमानस्थलमा रात्रिकालीन समयमा पनि उडान-अवतरण गर्ने प्रणालीको सुरुवात

अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराजसहित दशवटा पुगेको छ।

राजविराज- नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा पनि 'इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ' प्रणालीअन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको सुरुवात गरेको छ। 

गएको शुक्रबार प्राधिकरण र बुद्ध एयरका पदाधिकारी तथा प्राविधिकहरूको सहभागितामा इन्स्ट्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको फिजिबिलिटी परीक्षण उडान सफल रुपमा सम्पन्न भएको थियो।

विमानस्थलमा आज सोमबारदेखि इन्स्ट्रुमेन्ट अवतरणको सुरुवात भएको छ। आइएफआर तथा रात्रिकालीन उडानको औपचारिक उद्‍घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे र प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीको सहभागितामा भएको छ। 

उक्त प्रणाली जडानपश्चात अब राजविराज विमानस्थलमा २ हजार मिटर भिजिबिलिटीमा नै र रात्रिकालीन समयमा पनि उडान/अवतरण हुनेछ।

राजविराज विमानस्थलमा भीएफआर उडानमात्र हुने हुँदा उडानको लागि ५ हजार मिटरको भिजिबिलिटी आवश्यक हुने गरेको थियो। आइएफआर नियमअन्तर्गत उडान हुँदा हिउद्‌को समयमा कम भिजिबिलिटीले गर्दा हुने उडान डिले तथा उडान रद्दमा कमी आइ यात्रुहरुले समयमा नै यात्रा गर्न पाउने छन्।

अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराजसहित दशवटा पुगेको छ।


प्रकाशित : सोमबार, पुस १ २०८११८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend