सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चीनबाट आइपुग्यो २० लाख सिरिन्ज

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ ८ २०७८
चीनबाट आइपुग्यो २० लाख सिरिन्ज

काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। केही दिनदेखि नेपालमा खोप लगाउन सिरिन्ज अभाव हुन थालेको थियो। सिरिन्ज अभावसँगै खोप अभियान प्रभावित हुने भएपछि सरकारले चीनसँग खोप खरिद गरेको हो।

तर पहिलो लटमा भने चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।  चिनियाँ प्रतिनिधीले नेपाली प्रतिनिधीलाई उक्त सिरिन्ज हस्तान्तरण गरेका हुन्। 

स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने बताए। थप सिरिन्ज भने एक सातामा भित्रै आइपुग्ने छ । 

नेपालमा कोभिडविरुद्धको खोप ७० लाखभन्दा बढी स्टकमा रहेको समयमा सिरिन्ज भने २० लाख हाराहारीमा मात्र छ।


प्रकाशित : शनिबार, माघ ८ २०७८१४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend