सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक सय जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना!

शनिबार, माघ ८ २०७८
एक सय जनाको परीक्षण गर्दा ५१ जनामा कोरोना!

काठमाडौं-पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। याे कुल परीक्षण संख्याकाे ५०.७९ प्रतिशत हाे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार १ सय ८७ परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८ सय ६२ पुगेको छ।

पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २ सय ८३ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

 १६ जना मृत्यु

विगत २४ घण्टामा आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। अहिलेसम्म ११ हजार ६ सय ५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको छ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि २४ घण्टा शनिवार ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै बढी थिए। यस्तै ५ सय भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन्।

यस्तै २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन्। नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ।

हाल होम आइसोलेशनमा ७१  हजार २ सय ६१, संस्थागत आइसोलेशनमा एक हजार ६ सय १, आइसीयूमा २ सय १० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८ सय ५७ जनाले खोप लगाएका छन्।

अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४ सय ५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८ सय ६७ जनाले लगाइसकेका छन्। यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५ सय ८९ मात्रा लगाइएको छ।


प्रकाशित : शनिबार, माघ ८ २०७८१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend