मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

असक्षम नेतृत्वका कारण निगमको आम्दानी घटेको घट्यै, जहाज उडाएर हुने आम्दानी ४ महिनामा ७६ करोडले कम

सोमबार, मंसिर १७ २०८१
असक्षम नेतृत्वका कारण निगमको आम्दानी घटेको घट्यै, जहाज उडाएर हुने आम्दानी ४ महिनामा ७६ करोडले कम

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कमाउ धन्दाकै कारण निगमको इन्जिन मर्मत तथा वाइडबडी सी-चेकमा लापरबाही हुँदा आम्दानीमा ठूलो गिरावट आएको हो।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। निगमले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार चालु आव २०८१/०८२ को साउनदेखि कात्तिकसम्म (४ महिना)मा नै गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा जहाज उडाएर हुने आम्दानी पौने एक अर्बले कमी आएको छ।

गत वर्ष पनि अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा तीन अर्ब रुपैयाँले जहाज उडाएर हुने आम्दानी घटेको थियो। चालु आवको ४ महिनामा पनि ७६ अर्बले आम्दानी घटेको छ।

निगमले चालु आवको ४ महिनामा जहाज उडाएर ४ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आवको सोही अवधिमा निगमले ५ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत आवको तुलनामा चालु आवमा जहाज उडाएर हुने आम्दानी ७६ करोड रुपैयाँले घटेको हो।

रिपोर्टअनुसार निगमको आम्दानी गत आवको तुलनामा करिब १५ प्रतिशतले घटेको हो। आम्दानी घट्नुको प्रमुख कारण निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको असक्षमता र लापरबाही नै हो। अधिकारीको कमाउ धन्दाकै कारण निगमको इन्जिन मर्मत तथा वाइडबडी सी-चेकमा लापरबाही हुँदा आम्दानीमा ठूलो गिरावट आएको हो।

३० दिनमा सी-चेक हुनुपर्ने निगमको वाइडबडी जहाज ८३ दिनसम्म लगाइएको थियो। एउटा वाइडबडी सी-चेकमा ८२ र अर्को जहाजको ८३ दिनमा काम भएको थियो।

यसैगरी निगमको आन्तरिक उडानमा रहेको दुईमध्ये एउटा ट्वीनअटर जेठ २३ गतेदेखि ग्राउन्डेड छ भने अर्को आवर सेभको नीतिमा उडान भइरहेको छ। अहिले भने अन्तर्राष्ट्रिय उडानमा निगमको चारवटै जहाजले सेवा दिइरहेको छ। 

अबको केही दिनमै निगमको नाइन एन एकेडब्लू जहाज ग्राउन्डेड हुँदैछ। जहाजको सी-चेक समय आइसकेको छ। अहिले न्यारोबडी जहाज पनि आवरसेभको नीतिमा उडान भइरहेको छ। न्यारोबडी उडानबाट उडान हुने कतिपय उडान कटौती गरिएको छ भने कतिपय गन्तव्यमा वाइडबडी उडान भइरहेको छ।


प्रकाशित : सोमबार, मंसिर १७ २०८११७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend