सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्वसांसद तथा साल्ट ट्रेडिङ संस्थापक मानन्धरको निधन

शुक्रबार, माघ ७ २०७८
पूर्वसांसद तथा साल्ट ट्रेडिङ संस्थापक मानन्धरको निधन

२०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालक थिए। 

काठमाडाैं- पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ। ९४ वर्षको उमेरमा उनको बिहीबार राति निधन भएको हो। 

राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो। अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए। २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालक थिए। 

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एक जना मात्र जीवित थिए। लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएको थिए। नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनले त्यसको संस्थापक सञ्चालक बनेका थिए। व्यवसायका साथै उनी नेकपा एमालेको राजनीतिमा पनि सक्रिय हुँदै आएका थिए। मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए।  

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ। अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ। मानन्धरका दुई छोरा र दुई छोरी छन्।


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend