शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

६ करोड ३१ लाख खर्चेर विर्तामोडका ६ वटा सडक स्तरोन्नतिमा दिइयो तीब्रता

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
६ करोड ३१ लाख खर्चेर विर्तामोडका ६ वटा सडक स्तरोन्नतिमा दिइयो तीब्रता

हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको १ हजार २ सय ४० मिटर खण्डको काम पूरा भएको छ।

झापा- विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ। 

सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकममध्ये ६ करोड ३१ लाख ३२ हजार ६ सय २ रुपैयाँको लागतमा ६ वटा सडक कालोपत्र थालिएको छ।

बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ। उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ। 

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छन् भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन्। वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ। सो सडकमा विद्युत्का खम्बा व्यवस्थापन भइरहेको छ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी-कटहरडाँगी-हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ।

हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको १ हजार २ सय ४० मिटर खण्डको काम पूरा भएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८११०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend