सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तपाईंले चलाइरहेको इन्टरनेट स्लो भएको छ? यस्तो छ कारण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
तपाईंले चलाइरहेको इन्टरनेट स्लो भएको छ? यस्तो छ कारण

पछिल्लो समय इन्टरनेटको गति सुस्त हुनुको कारण नेपालभित्रको नभइ नेपाल बहिरकै भएको इन्टरनेट सेवाप्रदायकहरुले जानकारी गराएका छन्। 

काठमाडौं - तपाईले चलाइरहेको इन्टरनेट पछिल्लो समय केही सुस्त भएको अनुभव गर्नुभएको छ? यदि छ भने तपाईको मात्र होइन। यस्तो समस्या धेरै उपभोक्ताले भोगिरहेका छन्। 

पछिल्लो समय इन्टरनेटको गति सुस्त हुनुको कारण नेपालभित्रको नभइ नेपाल बहिरकै भएको इन्टरनेट सेवाप्रदायकहरुले जानकारी गराएका छन्। 

नेपाल इन्टरनेट सेवाप्रदायकह एसोसिएसन अफ नेपालका अनुसार यो समस्या समुन्द्रमुनी बिछ्याइएका केबल (सबमरिन केवल) कारण आएको हो। 

नेपालमा इन्टरनेट जोडिने त्यस्ता सबमरिन केवलमा विगत केहीदिनदेखि समस्या आइरहेको छ। नेपालमा सेवा दिने टाटा, एयरटेल र सिफिजस्ता कम्पनीले केवलमा मसस्या आएको र अहिले बैकल्पिक मार्ग प्रयोग गरिएको जानकारी दिएका छन्। 

खाडी मार्गको उप(समुद्री भागका सबमरिन केवलहरुमा समस्या देखिएको छ। यसकारण मुम्वई हुँदै युरोप मध्यपूर्व (खाडी) र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको देखिएको छ। यस्तो समस्या अझै केही समय लाग्ने बताइएको छ। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend